सन्नीसँग काम गर्दा बेग्लै मज्जा : शिल्पा


shilpa-shetteyएजेन्सी, मुम्बई । बलिउड चलचित्र क्षेत्र जति ठुलो छ, त्यस्तै नै त्यहाँका अभिनेत्रीमा पनि विविधता पाइन्छ। अभिनेत्रीपिच्छे चाहना पनि फरक फरक पाइन्छ। हुन त बलिउडका अभिनेत्रीहरु कतिपय एक्सन हिरोसँग काम गर्न डराउछन् तर कतिपयको चहाना भने एक्सन हिरोका साथ काम रहेको हुन्छ। बरु उनीहरु एक्सन हिरोका साथ काम गर्न रमाइलो हुने तर्क अगाडी ल्याउछन्। यस्तै बिचार देखाएकी छन्, अभिनेत्री शिल्पा सेट्टीले पनि। केही अभिनेत्रीहरु सन्नी देवलसँग काम गर्न आफुलाई डरलाग्ने बताइरहेको समयमा शिल्पाले भने उनीसँंग चलचित्रमा काम गर्न पाउनु गर्वको बिषय भएको बताएकी छन्।

शिल्पाको लगानीमा बनेको चलचित्र ‘ढीस्क्याउँ’ अहिले प्रर्दशनको तयारीमा छ। चलचित्रमा सन्नी देओलको भुख्य भुमिका छ। केही समय अगाडी चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिएको थियो। सो ट्रेलरले चर्चा पाउनुका साथै दर्शकको ध्यान चलचित्र तिर खिचेको शिल्पाले बताइन्। ‘मैले अभिनेत्रीका रुपमा सन्नी देओलसंग कयौ चलचित्र अभिनय गरेकी छु’ शिल्पाले भनिन्, ‘म यसकुरामा खुसी छु की सन्नीले मेरो चलचित्रमा काम गरेका छन्। यो मेरो लागी गर्वको कुरा हो।’ आफुले बनाउने पहिलो चलचित्र एक्सन प्रधान हुने कल्पना कहिलै नगरेको उनले खुलाइन्। ‘ढीस्क्याउँ’ चलचित्रमा सन्नी देओल र हरमन बावेजाको मुख्य भुमिका रहेको छ। चलचित्रमा अभिनेत्रीको रुपमा आयसा खन्नाले अभिनय गरेकी छन्।

चलचित्र ढीस्क्याउँ को अफिसियल ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
Click Here To Watch Hindi Movie – Dishkiyaoon – Official Trailer

SUBSCRIBE 👉