प्लस टु परीक्षापछि होस्टेल रिटर्नस आउँदै


Hostel-Returnsग्ल्यामर नेपाल, काठमाडौं ।
सुपरहिट फिल्म ‘सायद’ र ‘होस्टेल’ पछि तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटर्नस’ बनाउँदै गरेको व्यानर दुर्गिस फिल्मस्ले तेस्रो फिल्मको रिलिज मिति घोषणा गरेको छ । निर्माता सुनिल रावलका अनुसार फिल्म वैशाख २५ गते अर्थात मे ८ तारिख)मा अल नेपाल रिलिज हुनेछ ।

उपत्यका बाहिर बुटवलमा छायांकन गरिएको फिल्म हाल पोष्टप्रोडक्सन अन्तर्गत सम्पादन चरणमा छ । ‘हामी प्लस टु परीक्षा सकिएको सातापछि फिल्मलाई हलमा लैजाने तयारीमा छौं,’ सुनिलले भने,‘नयाँ प्रचार रणनीति अनुसार दर्शकमाझ लैजाने योजना बनाएका हौं ।’ सुरज भुषाल निर्देशित फिल्मले छात्रावासको जीवनशैली र त्यहाँ बसोबास गर्ने विद्यार्थीबीचको अन्तद्र्वन्द्वको कथा प्रस्तुत गरेको छ ।

फिल्ममा सुशिल श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय हेर्न पाइनेछ । स्वप्नील आचार्यको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, गोविन्द राईको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा तथा हरि हुमागाईको छायांकन रहेको छ ।

SUBSCRIBE 👉