सरी लको प्रिमियर शो


Sorry-Laग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरी ल’ले सोमबार राजधानीमा प्रिमियर शो गरेको छ । ऋषि लामिछानेद्वारा निर्देशित फिल्म हेर्न फिल्मकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म निर्माणसँगै विविध कारणले करिब दुई वर्षसम्म प्रदर्शनमा ढिलाई भएको फिल्म हेर्नेले राम्रो बनेको प्रतिक्रिया दिएका थिए । द ब्ल्याक रोज फिल्मस् प्रोडक्सनको व्यानरमा कृष्णबहादुर महर्जनले निर्माण गरेको फिल्ममा सुवास थापा, राजन, अनिता आचार्य, मार्टिन खान, अञ्जु केसी र बालकलाकारका रुपमा रोशनले अभिनय गरेका छन् ।

अञ्जु केसीको कथा रहेको फिल्ममा बसन्त सापकोटा र शैलेश श्रेष्ठको संगीत, बब्बु थापाको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, रविन्द्र खड्काको सम्पादन र रामशरण उप्रेतीको छायांकन रहेको छ । फिल्मलाई उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

SUBSCRIBE 👉