धुम ४ मा खलनायक बन्ने शाहरुखको इच्छा


shahrukh-khanबलिउड बादशाह शाहरुख खानले यशराज फिल्मस्ले मौका दिएमा आफु फिल्म ‘धुम ४’मा खलनायक बन्न तयार रहेको बताएका छन् । यशराज व्यानरका विभिन्न ब्लकब्लष्टर फिल्ममा अभिनय गरिसकेका शाहरुखले व्यानरले आफुलाई खलनायकको रुपमा ‘धुम ४’मा काम गर्ने अनुमति दिए आफुले स्वीकार्ने जनाएका हुन् ।

फिल्मको यसअघिको संस्करणमा जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले खलनायकको भूमिकामा अभिनय गरिसकेका छन् । ‘म यशराजसँग काम गरिरहेको छु, यदि उनीहरुले मौका दिए पनि त्यो मौकालाई म गुमाउन चाहन्न, किनकी भिलेन हुन आफैमा रमाइलो कुरा हो ।’ शाहरुखले भनेका छन् ।

धुमको पहिलो संस्करण सन् २००४ मा आएको थियो । जसमा आइतबारबाट मात्र ४९ उमेरमा पुगेका शाहरुखले पहिलो भुक्तानी लिएको दाबी गरेका छन् ।

SUBSCRIBE 👉