सहनिर्मात्रीलाई ढोग्दै जिन्दगी रक्स ट्रेलर सार्वजनिक


Akesha-Bista-Sauram-raj-tuladhar-7ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म रिलिज गर्नु अघि त्यसको प्रमोशनमा कलाकारले आफ्नै फण्डा अपनाउने गर्दछन् । आगामी पौष १८ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘जिन्दगी रक्स’ले पनि यस्तै अनौठो किसिमको फण्डा सञ्चारकर्मी र फिल्मकर्मीमाझ देखाउँदै मंगलबार आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ ।

सञ्चारकर्मी नरेश भट्टराईले स्टेजमा फिल्म युनिटको परिचय गराएर कामको अनुभव सुनाई सकेपछि फिल्ममार्फत अभिनयमा डेब्यु गरेका अभिनेताद्वय सौरमराज तुलाधर, सोनाम पाख्रिन, अभिनेत्री अकेशा विष्ट र निर्देशक निकेश खड्काले ‘अन्नदाता’ मान्दै फिल्मकी मुख्य सहायक निर्देशक तथा निर्मात्री सुजता श्रेष्ठलाई ढोगेका थिए । यो दृश्य कार्यक्रममा निकै रोचक देखियो ।

Akesha-Bista-Sauram-raj-tuladharभी प्रोडक्सनको व्यानरमा निर्मित फिल्म ‘जिन्दगी रक्स’मा अधिकांश नयाँ कलाकारको बाहुल्यता रहेको छ । ऋचा शर्मा, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारले अभिनय गरेको फिल्म रोमाञ्चक र रोमान्टिक प्रेमकथाको रहेको छ ।

वीरेन्द्रराज तुलाधरको लगानी समेत रहेको फिल्ममा निरोज महर्जनको कथा, निशान घिमिरेको सम्पादन र हरि हुमागाईको छायांकन रहेको छ । कार्यक्रममा ‘लखर लखर’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

SUBSCRIBE 👉