शाहरुख–रणवीरको ब्राण्ड भ्यालु उच्च


Shahrukh-Ranabir-Kapoorग्लोबल कन्सल्टेन्सी फर्म नामक एक संस्थाले गरेको सर्वेक्षणमा बलिउडका अभिनेताद्वय शाहरुख खान र रणवीर कपुर बलिउडको सर्वाधिक ब्राण्ड भ्यालु भएको स्टार बनेका छन् ।

सर्वेक्षण अनुसार उनीहरुको ब्राण्ड भ्यालु १ सय करोड डलर भन्दा पनि बढि रहेको छ । सर्वेक्षणमा भारतीय क्रिकेट कप्तान एमएस धोनी र उप–कप्तान विराट कोहली सर्वेको दोस्रो नम्बरमा परेका छन् जसको ब्राण्ड भ्यालु ७ दशमलब २ करोड डलर रहेको छ ।

हुण्डाई नैरोलेक पेन्ट्स र रोयल स्टयाग ह्विस्कीसहित १० भन्दा बढी ब्राण्डको विज्ञापनमा संलग्न शाहरुख बलिउडकै सबैभन्दा मूल्यवान हस्ती भएको सर्वेक्षणले जनाएको छ । उनको ब्राण्ड भ्यलु १६ दशमलब ५ करोड डलर रहेको छ ।

SUBSCRIBE 👉