तस्वीरमा यस्तो छ लभ यु बाबा


Saugat-Raghavग्ल्यामर नेपाल, काठमाडौं ।
आठ वर्षे बालक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ अहिले आम फिल्मकर्मी माझ चर्चाको विषय बनेको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा सबैभन्दा कान्छो निर्देशकको रुपमा नाम लेखाउनका फिल्म बनाइएको भनिए पनि निर्देशक सौगातको काम गर्ने शैलीले फिल्म राम्रो बनेकोमा केही फिल्मकर्मी चाहिँ आशावादी बनेका छन् ।

Nishma-Sangamमौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु–छोरीबिचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटिएर निर्माण गरिएको फिल्म आगामी मंसीर २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ । फिल्म सुटिङका केही तस्वीरहरुले पनि फिल्म निर्माणमा सौगातको कामलाई हेर्न सकिन्छ ।

Gajit-NIshmaडान्स फिभरको व्यानरमा निर्मित फिल्ममा गजित विष्ट, संगम विष्ट, निश्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, बसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेललगायतको अभिनय रहेको छ । गजितकै कथा रहेको फिल्ममा पटकथा तथा कोरियोग्राफी गम्भिर विष्टको छ ।

Ashishma-Nakarmiदीपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप बास्तोलाको गीत छ । फिल्ममा पत्रकार सुब्रत आचार्य र नायिका अनु अतिथि भूमिकामा छन् । फिल्मका निर्मातामा सम्झना पोखरेल र सहनिर्मातामा रोशनी बज्राचार्य छन् ।

SUBSCRIBE 👉