अभिषेकको फिल्मलाई जयाले भनिन्,‘बकवास’


Jaya-Bachhanआफ्ना सन्तानले खेलेको फिल्म हेर्न जोकोही आमाबाबु पनि लालयित हुन्छन् र फिल्मसँगै उनीहरुको अभिनयको तारिफ पनि गर्छन् । तर छोराले अभिनय गरेको फिल्म हेरेपछि कुनै आमाले ‘बकवास’ भन्दा कस्तो छोरालाई कस्तो होला ? हालै बलिउड फिल्म नगरीमा भएको एक यस्तै घटनाले सबैलाई आश्चर्य पारेको छ ।

दुई दिन अघि बीग बी अमिताभ बच्चनले छोरा अभिषेकद्वारा अभिनित  ह्याप्पी न्यू इयर फिल्मको राम्रो प्रशंसा गरिरहँदा श्रीमति जयाले भने ‘बकवास’ भन्दै आलोचना गरेकी छन् । अमिताभले शाहरुख र निर्देशक फराह खानलाई बधाई ट्वीटरमार्फत बधाई दिएका थिए ।

तर जयाले फिल्मलाई ‘बकवास’ भन्दै फिल्मलाई आलोचना गर्ने पहिलो सेलिब्रेटी बनिन् । फिल्म समिक्षक र दर्शकले फिल्मबारे सकारात्मक प्रतिक्रिया दिईरहँदा जयाको यस्तो प्रतिक्रियाले सबैजना चकित परेका छन् ।

SUBSCRIBE 👉