दुबईमा प्रमिलाको वेल्ली डान्स


Pramila-Dancerग्ल्यामर नेपाल, काठमाडौं ।
युएइमा रहेको चितवन समाज युएईको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०१५को मौका पारी वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

चितवनका विभिन्न विद्यालयमा अध्ययनरत अनाथ तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्ति, अक्षयकोषको सहयोगार्थ आयोजना हुने कार्यक्रममा गायक कमल खत्री र नृत्याङगना प्रमिला खनालले प्रस्तुती दिनेछन् । कार्यक्रम डिसेम्वर २६ मा ईम्पेरियर सुईटस वरदुबईमा हुनेछ ।

पछिल्लो समयमा देश तथा विदेशका कार्यक्रममा व्यस्त गायक खत्रीले आफ्नो विभिन्न हिट गीत प्रस्तुत गर्नेछन् भने नेपालकै पहिलो ‘वेल्ली डान्सर’ भनिएकी प्रमिलाले आफ्नो वेल्ली नृत्य प्रस्तुत गर्नेछिन् । आफ्नै डान्स स्कुल चलाएर वेल्ली डान्स सिकाउँदै गरेकी प्रमिला पछिल्लो समय मोडलिङमा तथा फिल्ममा पनि जम्ने सुरसारमा छिन् ।

सिनेमा ‘दबाव’मा आईटम डान्स गरेकी प्रमिला अभिनित फिल्म ‘अझै पनि’ प्रदर्शनको तयारीमा छ । प्रमिलाले वेल्लीसँगै ‘दबाब’को आईटम र ‘मुजरा’ नामको नृत्य प्रस्तुत गर्नेछिन् ।

SUBSCRIBE 👉