आमिरलाई हजामको १२ लात (भिडियो)


Aamir-Khanआमिर खानको आउन लागेको फिल्म ‘पीके’ को पोस्टर र टिजरले अहिले बलिउडसहित विश्वको फिल्मी बजारमा राम्रै प्रशंसा पाइरहेको छ । फिल्मको टिजरमा आमिरको हरेक सर्ट राम्रो देखिन्छ, खास गरी आमिर र हजामको दृश्य झनै राम्रो देखिन्छ । तर आम दर्शकलाई थाहा नभएको कुरा के हो भने हजाम र आमिरको उक्त दृश्य खिच्नका लागि १२ टेक लागेको थियो । फिल्ममा हजामको भूमिकामा अजय नरवालले अभिनय गरेका छन् ।

समाचार अनुसार आमिर हरेक फिल्ममा एक सटमै उत्कृष्ठ प्रस्तुति दिन चाहन्छन् । जुन कुरा उनले पीकेमा पनि देखाएका छन् । फिल्ममा हजामले आमिरलाई लातले हानेको दृश्य खिच्न १२ पटक लागेको थियो । जसको भिडियो युट्युबमा राखिएको छ । भिडियो निकै रमाइलो किसिमको बनेको छ ।

भिडियोमा हजाम बनेका अजयले दृश्यका लागि १२ टेक खानु परेको बताएका छन् । दृश्यमा आमिरले हजामको पाइजामा तान्नुपर्ने हुन्छ, जसकारण उनले लात खान्छन् । भिडियोको समय १ मिनेट २६ सेकेण्डको छ, जसले हजामलाई मात्र प्राथमिकता दिएको छ । फिल्मका निर्देशक राजकुमार हिरानी हुन् ।

SUBSCRIBE 👉