सुष्मा नहुँदा प्रज्जवल अगाडि


Bed-Parsad-bhurtel-prajwol-giriग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्मी कार्यक्रमको आकर्षण भनेको त्यस फिल्ममा काम गर्ने अभिनेत्री अर्थात नायिका नै हो । नायिकाको पहिरन र शारीरिक हाउभाउले गर्दा नै उनीहरु तिर क्यामरा सोझिने गर्छन् । तर नायिका नै कार्यक्रममा उपस्थित नहुँदा भने फिल्म युनिटसँगै सञ्चारकर्मीका लागि पनि खल्लो बन्दछ । फिल्म ‘सञ्जोग’ ले राजधानीमा बुधबार आयोजना गरेको प्रेस मिटमा यस्तै देखियो ।

फिल्मकी नायिका सुष्मा कार्की कार्यक्रममा नदेखिँदा निकै खल्लो अनुभव भएको थियो । निकै हट र ग्ल्यामर रुपमा कार्यक्रममा उपस्थित हुने सुष्मा आफ्नै फिल्मको कार्यक्रममा भने देखिईनन् । उनको अनुपस्थितिका बारे न त फिल्मका निर्देशक वेदप्रसाद भुर्तेलले नै जानकारी दिए न त पत्रकारले नै त्यसबारे प्रश्न सोधे ।

फिल्मका प्रमुख कलाकार सविन श्रेष्ठ पनि कार्यक्रममा अनुपस्थित थिए । अर्का कलाकार प्रज्जवल गिरी चाहिँ पत्रकारमाझ देखिए र फिल्मका बारे आफ्नो कुरा राखे । उमेश उप्रेती र रोशन उप्रेतीको संयुक्त लगानी रहेको फिल्ममा पुष्कर भट्टको पनि अभिनय रहेको छ ।

अधिकांश दृश्य झापामा छायांकन गरिएको फिल्ममा निर्देशक भुर्तेलकै पटकथा र संवाद, चन्द्र पन्तको द्वन्द्व, गोविन्द राईको नृत्य र हरिनारायण चौधरीको छायांकन रहेको छ । कार्यक्रममा फिल्मको ट्रेलर र दुई गीत सार्वजनिक गरिएको थियो । फिल्मको रिलिज मिति चाँडै घोषणा हुने निर्माण पक्षले जनाएको छ ।

SUBSCRIBE 👉