सार्वजनिक बिदाको फाइदा उठाउँदै ‘प्राेड्युसर’


producer-photo-2ग्ल्यामर नेपाल, काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘प्राेड्युसर’ तोकिएको मितिभन्दा एक दिन अगाडि नै मोफसलका दर्शकले हेर्न पाउने भएका छन्। शुक्रबार बिदाको दिन परेपछि निर्माण युनिटले भोलीबाट मोफसलका हलमा रिलिज गर्न लागेको हो। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता राजकुमार राईले सार्वजनिक बिदा भएकोले फिल्मको ओपनिङ निकै राम्राे हुने विश्वास व्यक्त गरे। बिहीबार सहिद दिवस र शुक्रबार ल्होसारको बिदा छ।

Producer-Photo-1कार्यक्रममा अर्का निर्माता ज्योतिराज राईले फिल्मको विषयवस्तु बारे प्रष्ट्याए। निर्देशक जनकदीप पराजुली विदेशमा रहेकोले ज्योतिले फिल्मको बारेमा जानकारी दिएका हुन्। उनले फिल्म क्षेत्रमा संघर्षरत तीनजना युवाको कथा निकै रमाइलोसँग देखाइएको बताए। त्यस्तै, करिब डेढ दशकको संघर्षपछि फिल्मको हिरो बनेका श्याम अर्याल पनि आफ्नो डेब्यु निकै दमदार हुनेमा ढुक्क देखिए। निरन्तरको प्रयास र संघर्षका कारण फिल्म खेल्ने सपना पुरा भएको उनको भनाई छ। आफ्नो कामलाई दर्शकले मन पराइदिने उनको विश्वास छ। कार्यक्रममा फिल्म मुख्य नायिका श्वेता भट्टराई पनि उपस्थित थिइन्। प्रेस मिटमै सहभागी हुनको लागि उनी आजै पोखराबाट काठमाडौं आएकी हुन्। उनले फिल्म मनोरञ्जक भएकोले सबै वर्गका दर्शकले मन पराउने आशा व्यक्त गरिन्।

‘प्राेड्युसर’मा श्याम र श्वेतासहित विल्सन विक्रम राई, बाबु बोगटी, पायल रायमाझी, श्याम राईलगाएतका कलाकारको पनि अभिनय रहेको छ। आजको कार्यक्रममा बाबु र विल्सन उपस्थित थिएनन्।producer-photo-3

चलचित्र “प्रोड्युसर” को सम्पूर्ण गीतहरु तथा ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस
Click Here To Watch All Videos Of Movie PRODUCER

SUBSCRIBE 👉