जेरीको स्वादमा ‘जेरी’ प्रोमो–गीत सार्वजनिक (भिडियो)


IMG_6302ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्मको नाम नै ‘जेरी’, त्यसमा झन् वास्तविक मिठाई ‘जेरी’ खाँदै फिल्मको प्रोमो र गीत हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यस्तै अनुभव बिहीबार राजधानीमा फिल्मकर्मी र पत्रकारले गरे ।

कार्यक्रमको फोटो ग्यालरी हेर्नुहोस्

कार्तिक २८ गतेबाट अल नेपाल रिलिज हुने तयारीमा रहेको फिल्म ‘जेरी’ले मिठो जेरीको स्वाद बाड्दै उपस्थित फिल्मकर्मी र पत्रकारलाई फिल्मको जानकारीसँगै गीत र  ट्रेलर पनि देखायो । अनमोल केसी र आना शर्मा स्टारर फिल्मका निर्देशक हेमराज बिसी हुन् । डेब्यु फिल्म ‘होस्टेल’बाट प्रशंसा पाएका हेमराजले ‘जेरी’बाट पनि उस्तै आशा राखेका रहेछन् । ‘यो युवाहरुको प्रेमकथा प्रस्तुत गर्ने फिल्म हो, फिल्म प्रमुख पात्र जेरी(अनमोल)को वरीपरी घुमेको छ,’बिसीले भने,‘जसले गर्दा पनि युवापुस्ताले मनपराइदिने छन् भन्ने आशा व्यक्त गरेको छु ।’

IMG_6344अनमोल र आनाले पनि फिल्ममा काम गर्दाको अनुभव सुनाएका थिए । कार्यक्रममा अनमोल पिता भुवन केसी र आनाकी आमा रचना गुरुङ शर्माले आफ्ना सन्तानको फिल्मी मोहबारे धारणा राखेका थिए ।

फाल्कोन फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्ममा अमालिया शर्मा, अभिषेक मान शेरचन, यश शमशेर जबरालगायतले अभिनय गरेका छन् । मनोज शेरचनको लगानीमा बनेको फिल्ममा नरेन लिम्बु र हर्कुलश बस्नेतको संगीत, सम्राट शेरचन र हेमराज बिसीको कथा, सुरेन्द्र पौडेलको सम्पादन र शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉