किदासालाई हमजाएगाको एक लाख सहयोग


Hamjayegaग्ल्यामर नेपाल, काठमाडौं ।
मुनाल फिल्मस् प्रा.लि.को व्यानरमा सुरेन्द्र पुनको पटकथा तथा निर्देशन रहेको फिल्म ‘हमजाएगा’ले सडक बालबालिका र श्रमजीवि बालबालिकाको लागि काम गर्ने संस्था किदासालाई एक लाख रुपैंयाँ सहयोग गरेको छ ।

फिल्मको साता अघि अमेरिकामा भएको शोबाट उठेको उक्त रकम बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक पुन, प्रस्तुतकर्ता भोजबहादुर गुरुङले किदासाका गौरव जंग राणालाई एक लाखको चेक हस्तान्तरण गरेका थिए ।

टंक गुरुङ, सूर्य ब्लोन(सानु), ओमकुमारी पुन, सरस्वती लामा निर्माता रहेको फिल्म मंसीर ५ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । एक कमेडी शैलीको बस चालकले आफ्नो यात्रामा भोगेका रमाइला विषयलाई प्रस्तुत गरेको फिल्ममा बाबु बोगटी, मनोज आरसी, विल्सनविक्रम राई, पार्वती राई, रवि गिरी, ऋचा धिताल, सपना श्रेष्ठ, श्याम राई, रेश फिरिरि, प्रज्जवल गिरी, बालकाशी गुरुङलगायतले अभिनय गरेका छन् । योगेन्द्र श्रेष्ठको एक्सन, अर्जुन जिसीको सम्पादन, कमल राईको नृत्य र बाबु श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉