सम्पदा बलेपछि जले कृष्ण(भिडियो)


Bimalesh-Sampadaग्ल्यामर नेपाल, काठमाडौ ।
आफुले माया गर्ने प्रेमिका आँखै अगाडि अर्को केटासँग लहसिन थालेपछि कसको मन जल्दैन होला । आफ्नी प्रेमिका सम्पदा बानिया मोडल बन्ने धुनमा विमलेश अधिकारीसँग लहसिन थालेपछि कृष्ण पोखरेल आफै जल्दै गरेको भन्दै गीत गाईरहेको अवस्थामा भेटिए ।

खासमा न कृष्ण साँच्चै नै जलेका हुन् न त सम्पदा नै विमलेशसँग लहसिएकी हुन् । प्रकाशजंग कार्कीको गीत, ध्रुव निशान पहाडीको स्वर तथा किरण पहाडीको संगीतमा तयार भएको ‘बोल्दै गयौ तिमी’ बोलको गीतको भिडियोमा यी तिन मोडललाई आफ्नै सुरमा प्रस्तुत गरिएको हो । फोटो पत्रकार श्रीधर पौडेलले भिडियोको निर्देशन र छायांकन गरेका हुन् । यो गीत ‘जलन’ एल्बममा समावेश गरिएको छ । भिडियोका सम्पादक भरत रेग्मी हुन् ।

SUBSCRIBE 👉