पुषको जाडो तताउन आउँदै आभाष


Nisha-Avashग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म निर्माता तथा वितरक गोविन्द शाहीले आफ्नो ३४ औं जन्मदिनको मौका पारेर आफ्नो फिल्म ‘आभाष’को रिलिज मिति सार्वजनिक गरेका छन् । शाहीका अनुसार फिल्म पुषको मध्य चिसो अर्थात पुष २५ गतेबाट अल नेपाल रिलिज हुनेछ । उनले फिल्मको क्यारेक्टर पोष्टर पनि बाहिर ल्याएका छन् । दुई पोष्टरमा अभिनेता संयम पुरी र अभिनेत्री निशा अधिकारीलाई सोलो स्थान दिइएको छ ।

यो रिलिज मिति नेपाली पर्व माघे संक्रान्तिको साता अघि हो । जसको फाइदा बक्सअफिसमा पर्ने अपेक्षा निर्माताको छ । फिल्म सम्पादक सुरेन्द्र पौडेलले डेब्यु निर्देशन गरेको फिल्ममा सलोन बस्नेत, आस्मा डीसी र सुनिल रावलको मुख्य भूमिका रहेको छ ।

टीनएज लभस्टोरी कथालाई तन्नेरी दर्शकले रुचाउने निर्देशक पौडेलको दाबी छ । गोविन्द, पवन श्रेष्ठ र दीपक शाहीद्वारा निर्मित फिल्ममा सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपाली र निर्देशक पौडेलको संगीत तथा सम्पादन छ । फिल्ममा गम्भीर विष्टको नृत्य, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

SUBSCRIBE 👉