सरी ल । राजनको छाँयामा सुवास


Subash-Thapaग्ल्यामर नेपाल, काठमाडौं ।
सुवास थापा र राजन खतिवडा लगभग एकै समयबाट रंगमञ्चमा सक्रिय भएका दुई अभिनेता हुन्। तर फिल्ममा सुवास अगाडी छन्। पाँच वर्ष ‘कोही मेरो’बाट अभिनय यात्रा थालनी गरेका सुवासले आधा दर्जन फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेका छन् भने राजनले ‘कबड्डी’मा सहायक भूमिकामा देखिएका थिए।

यी दुवै अभिनेताको अभिनय रहेको फिल्म ‘सरी ल’ गत शुक्रबारबाट प्रदर्शन भइरहेको छ। सिनियर भएका नाताले चर्चा र सक्रियता सुवासको बढी हुनु पर्ने हो तर त्यसो हुन सकेको छैन। यर्थाथ त के हो भने राजनको सामू छाँयामा परेका छन् सुवास। केही दिन अघि आयोजना गरिएको प्रिमियर शोमा पनि राजन र नवनायिका अनिता आचार्य आकर्षणको केन्द्रमा थिए तर सुवास आए/गएको पत्तै भएन्।

मिडियामा पनि राजन र अनिताका तस्बिरले स्थान पाए। फिल्म हेरेपछि सुवासको तुलनामा राजनको अभिनयको तारिफ गर्ने धेरै भेटिएका छन्। आफैंले निर्माण गरेको फिल्म ‘बिर्खेलाई चिन्छस्’ प्रदर्शन भएपछि उनको धेरै मिडियाकर्मीसँग सम्बन्ध बिग्रिएको छ। सोही कारण उनी सबैसँग तर्केर हिड्ने गरेको बताइन्छ। ‘विर्खेलाई चिन्छस्’ रिलिजपश्चात उनले फेसबुक एकाउन्ट नै डिएक्टिभेट गर्नु परेको छ।

ऋषि लामिछाने निर्देशित फिल्म ‘सरी ल’ले निकै कमजोर ओपनिङ गरेको छ। साथै दर्शकको प्रतिक्रिया पनि सकारात्मक छैन्। त्यसैले सुवाससँगै राजन र अनिताको करिअरमा पनि यो फिल्म फलदायी नहुने देखिएको छ।

SUBSCRIBE 👉