पुजनालाई नौ बच्चाको भर


Pujana Pradna Stri | File Photo

Pujana Pradna Stri | File Photo

ग्ल्यामर नेपाल, काठमाडौं ।
करिअरले गति लिन नसकेका कलाकारले आफैंलाई केन्द्रमा राखेर फिल्म निर्माण गर्नु सामान्य भइसकेको छ । फिल्मले पैसा कमाओस् भन्दा पनि करिअरले पिकअप लिओस् भन्ने चाह उनीहरुमा देखिन्छ। आर्यन सिग्देलले ‘नोभेम्बर रेन’, सुवास थापाले ‘विर्खेलाई चिन्छस्’, निरज बरालले ‘स्टुपिड मन’ अनि झरना थापाले ‘फेसबुक’ बनाएको देख्दा यस्तै लाग्छ। यी सबै कलाकारले आफ्नो करिअरमा अवरोध सिर्जना भएपछि फिल्म निर्माण गरेर अगाडी बढ्ने प्रयास गरेका थिए । भलै कोही सफल भए त कोही असफल । पछिल्लो पटक पुजना प्रधान पनि यही सुचीमा थपिएकी छिन्।

धेरैलाई थाहा नहुन सक्छ, रेखा थापा र पुजनाले एकै पटक फिल्मी यात्रा थालेका थिए, ‘हिरो’बाट। यो एक दशकभन्दा लामो अवधिमा रेखा नम्वर नायिकामा दरिएकी छिन् भने पुजना अझ दर्शकमाझ मार्क हुन सकेकी छैनन्। त्यसैले उनी आफैं फिल्म निर्माणमा होमिइन्, चकलेट मार्फत। फरक कति मात्र हो भने अरुले आफूलाई ‘हिरो’ देखाउन फिल्म बनाए तर पुजनाले त्यसो गरिनन्।

चकलेटको असली हिरो आफू नभई ९ बच्चाहरु रहेको उनको भनाई छ। भन्छिन्, “९ बच्चाले नै फिल्मको काँध थामेका छन्। मैले त उनीहरुलाई साथ मात्र दिएकी छु।” सडकबालबालिकाको पीडा बोल्ने फिल्मको कथा पनि उनी आफैंले लेखेकी हुन्। निर्मल शर्मा (गैडा) निर्देशित यो फिल्म हाल सम्पादनका क्रममा छ। उनले फिल्मको पहिलो प्रदर्शन हङकङमा गर्ने पनि जानकारी दिइन्।

SUBSCRIBE 👉