बन्ने भयो चंखे शंखे पंखे


Sudarshan-Thapa-subash-thapa-nandita-kc-pooja-sharmaग्ल्यामर नेपाल, काठमाडौं ।
स्वर्गीय निर्देशक आलोक नेम्वाङलाई सम्झिदै निर्देशक सुर्दशन थापाले नयाँ फिल्म ‘चंखे शंखे पंखे’ निर्देशनको घोषणा गरेका छन् । पाँचवटा फिल्म निर्देशन गरिसकेका सुदर्शनले आलोकद्वारा निर्देशित फिल्म ‘अझै पनि’मार्फत अभिनेताका रुपमा डेब्यु गरेका थिए । सुदर्शनले छैठौं फिल्ममा निर्देशनसँगै अभिनय पनि गर्नेछन् ।

कमेडी फर्मुलामा रहेर राष्ट्र प्रेम झल्कने गरी निर्माण हुन लागेको उक्त फिल्मको पंखेको क्यारेक्टरमा सुर्दशन देखिने छन् भने चंखेको रोलमा हिरो सुवास थापा र शंखेको भूमिकामा नवकलाकार प्रेम पुरी देखिनेछन् । फिल्ममा नन्दिता केसी र पूजा शर्मासँगै प्रमोद अग्रहरी, राजाराम पौडेल, श्याम राई, ध्रुव कोइराला र रविन्द्र खड्का पनि फिल्मको मुख्य भूमिकामा रहने बताईएको छ ।
Nandita-kc-pooja-sharma
आगामी बिहिबारबाट छायाँकनमा जाने फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, गोविन्द राईको नृत्य, अष्ट महर्जनको द्वन्द्व र राजेश श्रेष्ठको छायांकन रहनेछ । करिब ८० लाखको प्रारम्भिक बजेटमा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायाँकन काठमाडौं उपत्यकामा हुनेछ । फिल्मलाई नयाँ निर्माता सन्तोष सेन ठकुरीको कम्पनी आसुसेन फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको हो ।

SUBSCRIBE 👉