आर्यन–अनिताको यस्तो रोमान्स(भिडियो)


Aryan-Anitaग्ल्यामर नेपाल, काठमाडौं ।
अभिनेता आर्यन सिग्देल र नायिका अनिता आचार्यको रोमान्स रहेको गीत सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू समुदायको कथा समेटिएको फिल्म ‘अलबिदा’को ‘जिन्दगीका दुई पल’ बोलको गीतमा यो जोडी रोमान्टिक भावमा देखिन्छन् । फिल्म आगामी पौष २५ गते रिलिज हुँदैछ ।

ताराप्रकाश लिम्बु र रजिना रिमालको स्वर रहेको गीतमा संगीत लिम्बुकै छ भने शब्द सुक गुरुङको छ । लक्ष्मण रिजालको निर्देशन तथा हसन खानको निर्माणमा बनेको फिल्मको व्यानर एआरके प्रोडक्सन हो । फिल्ममा नागेन्द्र रिजाल, मोहन निरौला, पंकजराज जोशी, सुरेश न्यौपाने र शर्मिला खड्काको पनि अभिनय रहेको छ ।

केशव घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा हसनको कथा, लक्ष्मण र विशाल सापकोटाको पटकथा, विपिन मल्लको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉