अष्ट्रेलिया घन्काउँदै निर्णय–आस्था


Nirnaya-Asthaग्ल्यामर नेपाल, काठमाडौं ।
चर्चित र्याप्पर  निर्णय डि एनएसकेले एचआइभी लागेका बालबालिकालाई आवासीय सुविधासहित पढाउँदै आएको ‘सफलता एचआइभी शिक्षा सदन’को सहयोगार्थ अष्ट्रेलियामा कार्यक्रम गर्ने भएका छन् ।

‘नेपहप नाइट’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रम अष्ट्रेलियाको मेर्लबन र सिड्नीमा हुँदैछ । ब्रदरहुड नेपालको संयोजकत्वमा हुन लागेको कार्यक्रमका लागि निर्णय र गायिका आस्था बि मंगलबार अष्ट्रेलिया उडेका छन् । कार्यक्रम मेर्लबनमा आगामी नोभेम्बर १४ र सिड्नीमा १६ तारिखमा हुने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा निर्णय र आस्थाका अलावा मिस्टाले (नेपस्ड्याज), रविन्द्र (र्याप  कनेक्ट), उर्वान पोएट, जंगि निशान आदिले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् । मेर्लबनको सांगीतिक व्यवस्थापन ब्रदरहुड नेपाल अष्ट्रेलियाले गर्दैछ भने सिड्नीको व्यवस्थापन ‘एएलपी इन्टरटेनमेन्ट’ र ‘हो र होइन होला इभेन्ट’ले संयूक्त रुपमा गर्दैछन् ।

कार्यक्रमबाट उठेको रकम सफलता एचआइभी शिक्षा सदनलाई दिइने आयोजकले बताए । यसअघि ब्रदरहुड नेपालले नेपाली क्रिकेट टोलीलाई करिब एक लाख ८० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

SUBSCRIBE 👉