शिल्पाको रुवाईमा पलको हाँसो(भिडियो)


Shilpa-Paulग्ल्यामर नेपाल, काठमाडौं ।
आफु रोएर अरु साथीलाई हँसाउने साथी कमै मात्र पाईन्छ । आफु पीडामा परेपनि अरुलाई त्यो पीडा नदेखाऊ रमाइलो मानेर आत्मियता देखाउने मान्छे कमै मात्र पाइन्छ । अभिनेत्री तथा मोडल शिल्पा पोखरेल पनि यस्तै पीडा मनमा लिए पनि मोडल पल शाहलाई रमाउने वातावरण दिईरहेकी छन् ।

प्रथम एनआरएन नेपाली तारा वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘आफु रोएर भएनी’ बोलको गीतको भिडियोमा शिल्पा र पलको रोमान्स र भावनात्मक सम्बन्धलाई देखाइएको छ । भावना पाठकको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। यो गीत श्रेष्ठले ‘विचार’ नामक एल्बममा समेटेका छन् । एल्बमलाई रेस्क्यु क्रिएसनले बजारमा ल्याएको हो ।

भिडियोको निर्देशन व्यस्त निर्देशक समन अधिकारीले गरेका हुन् भने सम्पादन निशान घिमिरे र छायांकन शिवराम श्रेष्ठको रहेको छ ।

SUBSCRIBE 👉