तोरीबारीमा रोमान्टिक देखिए सञ्चिता–सुरज


Sanchita-Surajग्ल्यामर नेपाल, काठमाडौं ।
करिब चार वर्षपछि फिल्मी अभिनयमा पुनरागमन गरेकी अभिनेत्री सञ्चिता लुँइटेल हालै बुढानिलकण्ठमा अभिनेता तथा भिजे सुरजसिंह ठकुरीसँग रोमान्टिक मुडमा भेटिईन् । स्थानीय तोरीबारीमा उनीहरु गीतमा रोमान्स गरिरहेका थिए । दुई सन्तानकी आमा सञ्चिता लामो समयपछि फिल्ममा अभिनय गर्न पाउँदा खुशी देखिन्थिईन् ।

Sanchita-luitelसुपरहिट फिल्म ‘नाइ नभन्नु ल २ को सिक्वेल ‘नाइँ नभन्नु ल ३ ’ मा सञ्चिताले सुरजसँग तोरीबारीमा रोमान्स गरेकी हुन् । मुस्कान ढकालले डेब्यु निर्देशन गरेको फिल्ममा संयम पुरी, आस्मा डिसी, आर्यन सिग्देल, प्रियंका कार्कीलगायतले अभिनय गरेका छन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा पुरुषोत्तम प्रधान छायांकन रहेको छ ।

SUBSCRIBE 👉