कता हराईन किन किन हट नायिका शशि ?


Shashi-Khadkaग्ल्यामर नेपाल, काठमाडौं ।
कम उमेरमै सफलताको स्वाद चाख्ने भाग्यमानी हिरोइनमा पर्छिन्, शशी खड्का। ‘थोरै भए पुगीसरी’ टेलिफिल्मबाट बालकलाकारको रुपमा अभिनय यात्रा सुरु गरेकी शशीले सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिन्। म्युजिक भिडियोमा लोक प्रिय हुँदै गएपछि उनलाई फिल्मको अफर आउन थाल्यो। भटाभट आधा दर्जन फिल्ममा आफ्नो क्षमता देखाइन्। तर पछिल्लो अढाई वर्ष यता उनी ओझेलमा छिन्। न नयाँ फिल्ममा देखिएकी छिन्, न सार्वजनिक कार्यक्रममा नै।

 

‘इनोसेन्ट लुक्स’की शशीले छातीमा पुतलीको ट्याटु खोपाउँदा धेरैको ध्यान तानिएको थियो। सस्तो चर्चाका लागि ट्याटुको सहारा लिएको आरोप नलागेपनि होइन। तर उनले ट्याटुलाई आफ्नो सोखसँग जोड्दै उम्कने प्रयास गरिन्। त्यहीबेला ‘पलपलमा’ र ‘चन्द्रावती’मा उनले दिएका उत्तेजक दृश्यले बजार ततायो। अझ ‘चन्द्रावती’का निर्देशक राजु गिरीसँग त ठूलै लफडा पर्‍यो र पनि उनले गरमागर्मी दृश्य दिन छाडिनन। उकेश दाहाल निर्देशित फिल्म ‘किनकिन’मा फेरी एकपटक आफ्नो जवानी देखाईन। हिरो राज तिमिल्सनासँगको रोमान्टिक दृश्यले मिडियामा निकै चर्चा पायो तर उनको जवानीको जादू चलेन। फिल्म जस्तै उनी पनि फ्लप भइन्। जति देखाउँदा पनि हिट नभएपछि गुमनाम हुनुको विकल्प पनि त थिएन सायद!

शशि खड्का फोटो शुट भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉