अस्कर अवार्ड विजेता जेफ्री डि ब्राउन निर्देशित सिनेमा ‘सोल्ड’को नेपालमा विशेष प्रदर्शनी


Sold-Movie-Photoग्ल्यामर नेपाल, काठमाडौँ ।
अस्कर अवार्ड विजेता अमेरिकी निर्देशक जेफ्री डि ब्राउन निर्देशित सिनेमा ‘सोल्ड’को नेपालमा विशेष प्रदर्शनी हुने भएको छ। काठमाडौं स्थित कुमारी सिनेमा हलमा मंगलबार ‘सोल्ड’ को प्रदर्शनी हुन लागेको हो। चाइल्ड रिच नेपालले राजधानीमा आइतबार गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। कार्यक्रममा निर्देशक ब्राउन सहित कलाकारहरु सुस्मिता मुखर्जी, निर्जा नायक, सिरा रोविनलगायतकाले उपस्थिति जनाएका थिए। सिनेमा सोल्डमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहितका नेपाली कलाकारहरूले पनि अभिनय गरेका छन्।

‘अमेरिकी लेखक प्याटि्रसिया म्याककर्मिकको उपन्यास ‘सोल्ड’मा आधारित छ सिनेमा ‘सोल्ड’मा करिब १३ वर्षको कालिको उमेरमा कोलकोत्ता स्थित वेश्यालयमा बेचिएकी नेपालकी लक्ष्मी नामक बालिकाको कथावस्तु समेटिएको छ। सन् २०१५ मा रिलिज मिति तय गरिएको ‘सोल्ड’ले विभिन्न फिल्मी महोत्सवमा अवार्डहरु समेत जितिसकेको छ। कार्यक्रममा सिनेमाका सदस्यहरुले काम गर्दाका तिता मिठा अनुभवहरु सुनाएका थिए।

“सोल्ड” ट्रेलर हेर्नुहोस् | SOLD Trailer

SUBSCRIBE 👉