हँसाउन आउँदै कान्छी मट्याङ ट्याङ


Kanchi-Mateytangग्ल्यामर नेपाल, काठमाडौं ।
हाँस्य अभिनेता पुरन थापाको लेखन,निर्माण र निर्देशनमा बनेको कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ आगामी मंसीर ३६ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

दिलासा क्रियशन प्रालिको ब्यानरमा बनेको फिल्मले सोमबार राजधानीमा पत्रकारमाझ रिलिज मितिसँगै गीत, पोस्टर र प्रोमो सार्वजनिक गरेको छ । कार्यक्रममा पुरनले फिल्म नारी केन्द्रित हाँस्य प्रदान फिल्म भएको जानकारी दिए । ‘फिल्ममा नेपाली नारीले भोग्नु परेका विविध मध्ये एउटा समस्यालाई उजागर गरिएको छ,’उनले भने,‘समस्यामा कमेडीको चास्नी मिलाएर स्वादिलो फिल्म बनाएको छु । ’

अभिनेता जयकिशन बस्नेतले फिल्म एकदमै मनोरञ्जक बनेको बताउँदै अघिल्ला फिल्ममा भन्दा बिल्कुलै भिन्न कथा, परिवेश र प्रस्तुतिमा आफु देखिएको दाबी गरे । नवनायिका सारिका केसीले आफूले पहिलोपटकनै निकै महत्वपूर्ण भूमिका निभाएको बताउँदै आमनेपाली दर्शकले फिल्म मन पराउनेमा बिश्वास ब्यक्त गरिन् । अभिनेत्री लक्ष्मी गिरीले फिल्म नामझैं रमाइलो मात्र नभई गहन विषयमा बनेको मनोरञ्जक फिल्म भएको बताइन् भने हाँस्य अभिनेता राजाराम पौडेलले आफू र निर्देशक पुरनबीचको सम्बन्धको चर्चा गरेका थिए । उनले फिल्ममा आफूले जोडी मिलाउने दलालको भूमिका निभाएको खुलासा गरे ।

फिल्ममा लय संग्रौला, पुरन, शोभित बस्नेत, राजेन्द्र खड्गी, संगीत लिम्बू, माधव पण्डित, सुरेश असिम, रमेश मट्टारे प्रमुख भूमिकामा छन् । त्यसैगरी गजित बिष्ट र अनु शाह अतिथि भूमिकामा छन् । श्याम रायमाझीले खिचेको फिल्ममा विकास चौधरी र टंक बुढाथोकीको संगीत, एनबि महर्जनको द्वन्द्व, कमल राई र सुरेन बसेलको नृत्य छ ।

SUBSCRIBE 👉