आफ्नै फिल्मले समस्यामा सोनाक्षी


sonakshi-sinha-bollywood-actressबलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफनै फिल्मको कारण समस्यामा परेकी छन् । अजय देवगनसँग अभिनय गरेको ‘एक्सन ज्याक्सन’ र रजनीकान्तसँग अभिनय गरेको फिल्म ‘लिंगा’ डिसेम्बरमा रिलिज हुने तथा अर्जुन कपुरसँगको फिल्म ‘तेवर’ जनवरीमा रिलिज हुने भएपछि कुन फिल्मको प्रमोशनमा जाने भनेर उनी अहिले अन्यौलमा परेकी छन् ।

गत वर्षको नोभेम्बरमा पनि सोनाक्षी यस्तै समस्या परेकी छन् । त्यही बेला उनको फिल्म ‘बुलेट राजा’ र ‘आर राजकुमार’ एक हप्ताको अन्तरमा रिलिज हुन लागेको थियो । समाचार अनुसार तीन फिल्मको प्रमोसनमा आफनो समय निकाल्न उनलाई निकै समस्या परेको छ ।

अन्य दुई फिल्म भन्दा ‘लिंगा’को प्रमोसनमा सोनाक्षीलाई निकै समस्या पर्नेछ । किनकी यो फिल्म तमिल फिल्म हो, जसको प्रमोसनका लागि उनले चेन्नईदेखि मुम्बईसम्मको यात्रा गर्नुपर्ने हुन्छ । हालै अर्जुन आफ्नो फिल्म ‘तेवर’को एक रियालिटी शोमा एक्लै प्रमोट गरिरहेका थिए किनकी त्यही बेला सोनाक्षी ‘लिंगा’को म्युजिक सार्वजनिक गर्न चेन्नई पुगेकी थिईन् ।

SUBSCRIBE 👉