अनिल नबोल्दा नम्रता भावुक


IMG_8326ग्ल्यामर नेपाल, काठमाडौं ।
चर्चित युवा निर्देशक स्वर्गीय आलोक नेम्बाङको ११ औं पुण्यतिथीमा नेपाल चलचित्र प्राविधिक संघले राजधानीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा कमै मात्र फिल्मकर्मीको उपस्थिति थियो । आलोकलाई श्रद्धाञ्जली दिनका लागि नेपाली कला क्षेत्रमा उनले भित्र्याएका अभिनेत्री तथा मोडलहरुको उपस्थिति बाक्लो थियो । अभिनेत्री नम्रता श्रेष्ठले आलोकको कामको प्रशंसा गर्दा भक्कानिएकी थिईन् । आलोकको डेब्यु निर्देशन रहेको फिल्म ‘सानो संसार’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री नम्रताले आलोकसँग काम गर्दाको अनुभव भावुक बन्दै सुनाएकी थिईन् ।

अझै रोकिएन आँशुका धारा । स्वर्गीय आलोक नेम्बाङको ११ औं पुण्यतिथीमा जे देखियो, थप तस्वीरहरु हेर्नुहोस्

IMG_8411पछिल्लो समयमा आलोकसँग निकै निकट मानिएका मोडल अनिल थापालाई श्रद्धाञ्जलीका शब्द बोल्न कार्यक्रम सञ्चालक सुरेशदर्पण पोखरेलले बोलाउँदा उनी भने गएनन् । केबल शिर निहुँराएर भावुक बनिरहे ।

आलोकको अन्तिम फिल्म ‘अझै पनि’की निर्मात्री पुनम गौतम, नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, फिल्म निर्माता तथा वितरक प्रदीप उदय, आलोकका भिनाजु तथा अभिनेता विजय लामा र प्राविधिक संघका अध्यक्ष मनोज केसीलगायतले आलोकका विषयमा चर्चा गरेका थिए ।

अझै रोकिएन आँशुका धारा । स्वर्गीय आलोक नेम्बाङको ११ औं पुण्यतिथीमा जे देखियो, थप तस्वीरहरु हेर्नुहोस्

अध्यक्ष केसीले आलोकले आफुहरुले स्वदेशमा विभिन्न समयमा गरिएका नेफ्टा अवार्डमा पु¥याएको योगदान र उनले नेपाली कला तथा फिल्म क्षेत्रमा पु¥याएको योगदानको सम्मानका लागि श्रद्धाञ्जली कार्यक्रम गरिएको प्रष्ट पारे । कार्यक्रममा उपस्थित फिल्मकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणले आलोकको तस्वीरमा पुष्पगुच्छा र माला चढाएर श्रद्धाञ्जली दिएका थिए ।

SUBSCRIBE 👉