‘स्टार एफ.एम. म्युजिक अवार्ड’मा प्रेमध्वजलाई लाइफटाइम अचिभमेन्ट


premdhwoj-pradhanग्ल्यामर नेपाल, काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित गरिने भएको छ। स्थापनाको १० बर्ष पुगेको उपलक्ष्यमा स्टार एफ.एम. प्रलिले पहिलो पटक आयोजना गर्न लागेको ‘स्टार एफ एम म्युजिक अवार्ड २०७०’ प्रधानलाई सो सम्मान दिन लागिएको हो।

मंगलबार राजधानीमा आयोजित नोमीनेशनमा पर्न सफल उत्कृष्ट पाँचलाई प्रमाण पत्र वितरण कार्यक्रममा लाइफटाइम अचिभमेन्ट प्रधानलाई र लाकृष्णा ताम्राकारलाई स्टार एफएफ रेडियोकर्मी सम्मान दिइने घोषणा आयोजकले गरेको हो। कार्यक्रममा स्टार एफ.एम.का कार्यकारी अध्यक्ष प्रदीप कुमार उदयले अवार्ड विवाद रहित हुने दाबी गरे।

आगामी २९ गते आयोजना हुने जानकारी दिइएको अवार्डमा राष्ट्रिय, फिल्म, लोक तथा पप गरी २४ विधा समावेश हुनेछ।rajesh-payal-rai

SUBSCRIBE 👉