नाइके आर्यन हेर्न बाबुआमाको साथ चाहिने


Aaryan-Sigdelग्ल्यामर नेपाल, काठमाडौं ।
अभिनेता आर्यन सिग्देललाई एक्सन फ्लेबरमा प्रस्तुत गरिएको फिल्म ‘नाईके’ले फिल्म सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । आगामी मंसिर १९ बाट प्रदर्शनमा आउने फिल्म हेर्न १६ वर्षभन्दा मुनीका दर्शकले आमाबाबुसँग हेर्नुपर्नेछ ।

नेत्र गुरुङले निर्देशन गरेको फिल्ममा आर्यनबाहेक रेम विक, सुर्विना कार्की, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेञ्चुरी, राजु कमेडीलगायतले अभिनय गरेका छन् । नारायण खनाल, जगदिश खनाल, आनन्द क्षेत्री र संगीता पराजुलीले निर्माण गरेको फिल्मका छाँयाकार अर्जुन तिवारी हुन् ।

SUBSCRIBE 👉