लतालाई रुवाए अमिताभले


Amitabh-Lataबलिउडकी सुर कोकिलाका रुपमा परिचित चर्चित गायिका लता मंगेशकरलाई बीग बी अमिताभ बच्चनले रुवाएका छन् । बच्चनको चर्चित टेलिभिजन शो केबीसी–८ को ग्राण्ड फिनालेमा अमिताभले केही बेलुका कुरा सुनेपछि लता भावुक बनिन् ।

‘नमस्कार, म कौन बनेगा करोडपतिको अन्तिम एपिसोड हेरिरहेको थिएँ, कार्यक्रम निकै राम्रो लाग्यो, अमितजीले अन्य दिन जस्तै कार्यक्रमलाई सानदार बनाए,’लताले ट्वीटरमा लेखेकी छन्,‘कार्यक्रमको अन्तिममा अमितजीले दुई पंक्ति बोल्नुभयो, त्यो थियो–मोहब्बत करनेवाले कम न होंगे, तेरी महफिल में लेकिन हम न होंगे । अमितजीको यो पंक्ति सुन्दा मेरो आँखा आँशुले भरियो ।’

लताले आफ्नो मनमा अमिताभका लागि विशेष स्थान रहेको जनाउँदै भगवानले उनलाई सधैं दीर्घायू बनाइरहुन् भन्दै ट्वीटेकी छन् । अमिताभले पनि लता प्रति धन्यवाद व्यक्त गरेका छन् ।

SUBSCRIBE 👉