राजाराम र अरुणाको चेकपोष्टमा ‘तथास्तु’ टोली


Tathastu-Temग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म निर्माण भएपछि त्यसको प्रमोसनका लागि फिल्मको टोली टेलिभिजनका विभिन्न शोमा पुग्ने गर्दछन् । ‘कसले चोर्यो मेरो मन’ र ‘काली’ जस्ता राम्रा व्यावसायिक सफल फिल्म निर्देशन गरेका चर्चित निर्देशक सविर श्रेष्ठले निर्माण तथा निर्देशन गरेको फिल्म ‘तथास्तु’को टोली हालै हिमालय टेलिभिजनको रियालिटी शो ‘चेकपोष्ट’ मा गई आफ्नो फिल्मको प्रमोसन गरेको छ । रामहरी धितालको समेत लगानी रहेको फिल्म आउँदो पुष २५ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

फिल्ममा रहेको ‘कहिले माया स्याड फेस कहिले माया ब्याड फेस’ बोलको गीतले अहिले निकै चर्चा पाइरहेको छ । शोमा रामहरि धिताल, अभिनेता किशोर खतिवडा र कलाकार किरण थापाको साथमा निर्देशक एवं निर्माता श्रेष्ठ पुगेका थिए । कलाकारद्वय राजाराम पौडेल र अरुणा कार्कीले प्रश्न गर्ने कार्यक्रम ‘फिल्मी चेक पोष्ट’ मा सविरको टोलीले ‘तथास्तु’ को कथावस्तु, गीत संगीत लगायत विषयमा बहस गरेको थियो । ‘तथास्तु’ को टोलीसँग गरिएको ‘फिल्मी चेक पोष्ट’ को बहस दुई सातापछि प्रशारण हुनेछ ।

Tathastu-Movieसविरको ‘तथास्तु’ मा अभिनेत्री रेखा थापाको मुख्य भूमिका छ । साथमा किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी छन् । फिल्मको पटकथा एवं संवाद जगदिश्वर थापाको हो । बाबु श्रेष्ठको छायाँकन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा राजमी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन छ । द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गरेका छन् । नारी प्रधान एक्सन शैलीको ‘तथास्तु’ को यतिबेला चक्रपथस्थित किन्डल रेड स्टुडियोमा पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

SUBSCRIBE 👉