पौष ११ मा विधवा आउने(भिडियो)


Dilip-Rayamajhiग्ल्यामर नेपाल, काठमाडौं ।
श्रीमान्को मृत्यपछि विधवा बनेकी महिलाले भोग्ने सामाजिक पीडालाई प्रस्तुत गरिएको फिल्म ‘विधवा’ आगामी पौष ११ बाट अल नेपाल रिलिज हुने भएको छ । गिरीप्रसाद सुनारले निर्माण गरेको फिल्मका निर्देशक मनोज श्रेष्ठ हुन् ।

फिल्ममा दिलीप रायमाझी, सोनु घिमिरे ,मनोज श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा विकास चौधरीको संगीत छ भने शंकर अधिकारीको गीत रहेको छ । निर्देशक श्रेष्ठका अनुसार फिल्मले नेपाली समाजमा एकल महिलालाई गरिने दुव्र्यवहार र छुवाछुतको विषयलाई उठान गरेको छ । फिल्ममा दिलिपले एक एकल महिलालाइ नै विवाह गर्नेछन् ।

SUBSCRIBE 👉