भीमको सांगीतिक मिम्जिमा


Bhim Limbu (2)ग्ल्यामर नेपाल, काठमाडौं ।
गायक भीम लिम्बुले डेब्यु एल्बम ‘मिम्जिमा’ श्रोतामाझ ल्याएका छन् । एल्बमको हालै राजधानीमा आयोजित कार्यक्रममा साप्ताहिकका सम्पादक सुवास ढकाल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, वरिष्ठ संगीतकार धनबहादुर गोपालीलगायतले विमोचन गरे ।

एल्बममा ‘माया मेरो झुटो रे’, ‘हातै काटेर’, ‘आँसुले भिजाइ सिरानी’, ‘यो मुटुमा’, ‘खुल्यो है खुल्यो’, ‘सान्नानी’, ‘कहानी बज्यो’ र ‘धानै नाचिन्छ’ बोलका गीत छन् । गीतमा किरण घिमिरे माइकल, सञ्जिव थापा, जबिक, डा. कृष्णहरि बराल, सुदर्शन विक्रम राणा र शशी गुरुङ वाङ्देलको शब्द र कोशिस क्षेत्री, हरि लम्साल, जबिक, कल्याण सिंह, ताराप्रकाश लिम्बु, सुदर्शन विक्रम राणा र शशी गुरुङ वाङदेलको संगीत रहेको छ ।

Bhim Limbu (3)एल्बमलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको हो । विगत १६ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय भीमले यसअघि विभिन्न एल्बममा स्वर दिएका छन् । कार्यक्रममा ‘माया मेरो झुटो रे’ बोलको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । जसका निर्देशक स्वर्गीय आलोक नेम्बाङ हुन् । यो नै उनको अन्तिम म्युजिक भिडियो हो ।

SUBSCRIBE 👉