शराबी संगीतकर्मीहरुको ‘शराब’


Sarab-CD-Coverग्ल्यामर नेपाल, काठमाडौँ ।
रक्सीको नशाको पेरेफेरी कथामा तयार भएको गजल संग्रह हालै सार्बजनिक भएको छ। गजल गायिका निशान देसारको एकल आवाज, सरावि गजलकारका रुपमा चिनीएका गजलकार मधु साश्रुको एकल रचना र सुगम संगीतको ईतिहासमा आफ्नो छुट्टै स्थान बनाउन सफल संगीतकार संन्तोष श्रेष्ठको एकल संगीतमा तयार भएको ‘शराब’ जगल संग्रह नेपाली सांगीतिक बजारमा आएको हो।

राजधानीमा एक समारोहबीच बरिष्ठ गजलकार डा. कृष्णहरि बराल, संगीतकार बुलु मुकारुङलगायतका संगीतकर्मीले गजल संग्रह ‘शराब’ सार्बजनिक गरेका हुन्।

गजल गीति संग्रह ‘शराब’मा पाँच गजल संग्रहित भएका छन्। ‘बिरालो पनि शेर हुन्छ शराब पिएपछि, पिरतीको अभाव बिग्रिए म, मैले जे गाएपनि गजल हुन्छ महफिलमा, जबदेखि थालेँ जागीर भट्टीमा र कुनै बहानामा दिल ढलेपछि कति पिए कति ’ शिर्षकका गजल समावेश भएका छन्। यी गजलले नेपाली सुगमसंगीतमा नयाँ आयाम थप्न सक्ने अपेक्षा गरिएको छ।

संगीतकार सन्तोष श्रेष्ठले एल्बममा संग्रहीत गजलहरु शराब (रक्सी) बारे भए पनि गजलले कसैलाई रक्सी खान प्रोत्साहन नगर्ने बताएका छन्। कार्यक्रममा निशाले संग्रहमा संग्रहित गजल मध्ये ३ वटा गजल लाईभ गाएर उपस्थित सबैलाई आनन्दित बनाएकी थिइन्। एल्बमको बजार ब्यबस्थापन गोल्डेन क्रियशनले गरेको छ।

SUBSCRIBE 👉