फिल्म प्रमोसन गर्न काठमाडौंमा नूतन


Nutan-Pradhanग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी मंसीर १९ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘रंग बैजनी’को प्रमोसन गर्नका लागि फिल्मकी लेखिका तथा निर्मात्री नूतन प्रधान अमेरिकाबाट काठमाडौं आइपुगेकी छन् ।

पति निर्देशक शम्भु प्रधानले निर्देशन गरेको फिल्मको प्रमोसनका लागि उनी राजधानी आएकी हुन् । फिल्मको सुटिङताका नेपालमा रहेकी उनी पोष्ट प्रोडक्सनको काम शुरु भएपछि अमेरिका गएकी थिईन् । शम्भु र नूतन करिब १२ वर्ष पछाडि यसै फिल्ममार्फत कमब्याक हुँदैछन् । फिल्म रिलिज पछि अमेरिका नै फर्कने उनले बताईन् ।

नूतनले फिल्म ‘सुनचाँदी’ र ‘सक्कली नक्कली’ मा अभिनयसमेत गरेकी छन् । नूतन र शम्भुले बनाएको पछिल्लो फिल्म ‘सन्यास’ हो । ‘रंग बैजनी’ मा नूतन र शम्भुले छोरा शशांकलाई छाँयाकारका रुपमा डेब्यु गराएका छन् ।

यसअघि शशांक आमाबाबुले बनाएको फिल्ममा बाल कलाकारका रुपमा अभिनय गर्थे । दिक्पाल कार्की, गरिमा पन्त र सुमिना घिमिरे अभिनित फिल्ममार्फत बलिउडका प्रसिद्ध छाँयाकार विनोद प्रधानले छोरा दीप प्रधानलाई पनि संगीतकारका रुपमा डेब्यु गराएका छन् ।

SUBSCRIBE 👉