शर्मा र श्रेष्ठलाई रजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार


Bidur-giri-Mithila-Sharmaग्ल्यामर नेपाल, काठमाडौं ।
छायाँछवि क्रियशनले आफुले आयोजना गर्दै आएको डी सिने अवार्डका अवसरमा प्रदान गरिने सम्मानहरु घोषणा गरेको छ । यसै अनुरुप वर्ष २०७१ का लागी ‘चलचित्रकर्मी रजत सम्मान’ अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई र ‘छाँयादवि चलचित्र पत्रकारिता पुरस्कार २०७१’ चलचित्र पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ ।

२०४३ मा निर्माण भएको फिल्म ‘विश्वास’बाट अभिनय यात्रा प्रारम्भ गरेर निरन्तर सयौं फिल्ममा अभिनयरत अभिनेत्री शर्मा र २०४४ मा निर्माण भएको फिल्म ‘सन्तान’बाट पब्लिसिटि डिजाइन गरी निरन्तर रुपमा सयौं फिल्मका स्टिकर, पोस्टरजस्ता प्रचार सामग्रीका डिजाइनर श्रेष्ठलाई उनीहरुको योगदान स्वरुप सम्मान प्रदान गर्न लागिएको आयोजकले जनाएका छन् ।

दुई दशक अघिदेखी चलचित्र पत्रकारितामा संलग्न रहि चलचित्र पत्रकारिताका माध्यमले निरन्तर यस कर्ममा संलग्न रहि आएका चलचित्र पत्रकार गिरीलाई पनि सम्मान प्रदान गर्न लागिएको हो । ‘चलचित्रकर्मी रजत सम्मान’ दोसल्ला एवं प्रमाणपत्रसहित सम्मान गरिने तथा ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’मा भने प्रमाणपत्रसहित ६ हजार ६ सय ६६ रुपैंयाँ नगद प्रदान गरिने छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।

आगामी मंसीर १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने अवार्ड समारोहमा उनीहरुलाई सम्मान प्रदान गरिनेछ । अवार्ड आयोजनाका लागी कार्यक्रम निर्देशकका रुपमा प्रदीपकुमार उदय, कार्यक्रम संयोजकका रुपमा वि.एस. लामीछाने, सदस्य सचिवका रुपमा सुमन दाहाल एवं अवार्ड अध्यक्षका रुपमा शान्तिप्रिय रहेका छन् ।

SUBSCRIBE 👉