सुवासलाई केटीको इच्छा बुझ्न गाह्रो भएपछि(भिडियो)


Icha-Movieग्ल्यामर नेपाल, काठमाडौ ।
फिल्म निर्माताबाट निर्देशकमा बढुवा भएका मुनाल घिमिरेको फिल्म ‘इच्छा’को पहिलो ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २ गते रिलिज हुने फिल्मले फरक पुस्ताको फरक सोचाईलाई कथाबस्तु बनाएको छ ।

दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको फिल्म विशुद्ध कमेडी लभस्टोरी रहेको निर्देशक घिमिरेको भनाई छ । उनका अनुसार फिल्मको दाङ, भैरहवा, काठमाडौ, धुलिखेल लगायतका स्थानमा छायांकन गरिएको छ । ट्रेलरमा सुवास र दीपशिखाको रोमान्ससँगै एक्सन र पीडाका दृश्य समेटिएका छन् ।

विवाह करकापमा होईन, स्वेच्छामा हुनुपर्छ भन्ने सन्देश दिन खोजेको फिल्ममा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । फिल्ममा गम्भीर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको छ ।

SUBSCRIBE 👉