आवाज देऊको सिक्वेल भिडियो सार्वजनिक(भिडियो)


Music-VIdeग्ल्यामर नेपाल, काठमाडौं ।
गायिका मिलन अमात्यको स्वर रहेको ‘आवाज देऊ’ गीतको सिक्वेल भिडियो सार्वजनिक भएको छ । गीतकार योगेन्द्र मणि दाहालको नयाँ एल्बम ‘शब्दमणि’मा रहेको गीतको भिडियोमा दिवस उप्रेती, मलिना जोशीको अभिनय रहेको छ । गीतमा कमल खत्रीको संगीत रहेको छ ।

गीतकार योगेन्द्रमणिका अनुसार एल्बम चाँडै नै सार्वजनिक गरिनेछ । दुई थोपा आँशु बोलको गीतको सिक्वेल भिडियो नेपाली संगीत इतिहासमै पहिलो सिक्वेल भिडियो रहेको निर्माण पक्षको दाबी छ । सहेन्द्र श्रेष्ठले निर्देशन गरेको भिडियोमा दिपेन्द्रराज डंगोल सहायक निर्देशक, प्रकाश तुलाधरको सम्पादन र हरि हुमागाईको छायांकन रहेको छ । निर्देशक श्रेष्ठका अनुसार गीतमा आधुनिक समाजमा शंका उपशंकाले गर्दा श्रीमान श्रीमतिबीच उत्पन्न हुने भ्रमले गराएको विछोडलाई प्रस्तुत गरेको छ ।

SUBSCRIBE 👉