अनितालाई ‘अलविदा’को भर


Anita-Acharya-Nepali-Modelग्ल्यामर नेपाल।
करिअरको ढोका खोल्ने र भविष्यको संकेत गर्ने भएकाले कलाकारहरु पहिलो फिल्मको प्रतिक्रिया र व्यापारप्रति निकै उत्सुक हुन्छन्। अनिता आचार्यमा पनि यस्तै उत्साह थियो, ‘सरी ल’ रिलिज हुनुअघि। यो फिल्मले आफूलाई दर्शकमाझ मार्क गराउनेमा ढुक्क थिइन् उनी। प्रमोशनमा पनि दिल खोलेर पनि लागिन् तर फिल्ममा दम नै नभएपछि जति प्रमोशन भए पनि कस्को के लाग्छ र ? रिलिजपश्चात उनले दर्शकसँग फिल्मको नाम जस्तै सरी ल भन्नुपर्ने भयो। किनभने २१ कात्तिकमा रिलिज भएको फिल्मले न पैसा कमायो, न दर्शकको प्रसंशा नै। बरु मेकिङदेखी कन्टेन्टसम्म कमजोर रहेको भन्दै आलोचना गरियो।

फिल्म हिट नहुनुको पहिलो अपजस त निर्देशक ऋषि लामिछोनलाई नै जान्छ, तर घाटा भने अनितालाई पनि उत्तिकै पर्छ। यो असफलताले उनलाई आगामी दिनमा थप असहज बनाउने पक्का छ तर ‘सरी ल’ रिलिज हुनुभन्दा अगाडी नै उनले अर्को फिल्ममा अभिनय गरिसकेकाले आत्तिनुपर्ने अवस्था भने छैन्। लक्ष्मण रिजाल निर्देशित फिल्म ‘अलविदा’मा उनले नायक आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गरेकी छिन्। हिन्दु–मुस्लिम समूदायको कथा भन्ने फिल्म पौष अन्तिम साता रिलिज हुँदैछ। यो फिल्म पनि फ्लप भयो भने फिल्म क्षेत्रबाटै अनिताको अलविदा हुन के बेर! 😀

SUBSCRIBE 👉