सुमिना नहुँदा हैरानमा शम्भु


Garima-Dikpalग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्ममा काम गर्ने कलाकारले आफ्नो प्रदर्शोन्मुख फिल्मको प्रमोसनमा हिडोस् भन्ने सबैको चाहना हुन्छ । त्यसमाथि फिल्मका क्याप्टेन अर्थात निर्देशकको आशा झनै ठूलो हुन्छ । तर प्रमोसनका कार्यक्रममा अझ पत्रकारका लागि भनेर राखिएको कार्यक्रममा नायिका उपस्थित नहुँदा निर्देशकमा हैरानी र तनाव सँगसँगै देखिन्छ ।

आगामी मंसीर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रंग बैजनी’ले राजधानीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तै दृश्य देखियो । दुई वटा फिल्मी प्रमोसनका कार्यक्रममा साथ दिए पनि रिलिज हुनु ६ दिन अघिको पत्रकार सम्मेलनमा भने सुमिना देखिईनन् ।

‘यसअघि दुईवटा जति कार्यक्रममा सुमिना त आईन, तर अहिले महत्वपूर्ण समयमा भने उनी आईनन्, उनको कुरा के हो मैले बुझ्नै सकेको छैन,’निर्देशक प्रधान पत्रकारसँग भन्दैथिए,‘केही कुरामा चित्त नबुझे हामीसँग कुरा गर्दा हुन्थ्यो नि, प्रोमोसनकै कार्यक्रममा नआउँदा चाहिँ त्यति ठिक लागेन ।’

फिल्मकी अर्की अभिनेत्री गरिमा पन्तसँग सम्बन्ध बिग्रिएको भन्ने बजारमा हल्ला चले पनि अभिनेत्री गरिमाले चाहिँ सुमिनासँगै त्यस्तो बिग्रिने सम्बन्ध आफ्नो नरहेको दाबी गरिन् । यसै फिल्ममार्फत रजतपटमा डेब्यु गरेका नायक दिक्पाल कार्कीले पत्रकारमाझ आफ्नो फिल्मी अनुभव सुनाए । कार्यक्रममा फिल्मका छाँयाकार शशांक प्रधान, निर्मात्री तथा लेखक नूतन प्रधानलगायतको उपस्थिति रहेको थियो ।

SUBSCRIBE 👉