कस्तो होला ऋचा र अकेशाको ‘जीन्दगी रक्स’ ?


ग्ल्यामर नेपाल ।
ग्ल्यामर संसारका दुई चर्चित अनुहार हुन्, ऋचा शर्मा र अकेशा विष्ट। मोडलिङ हुँदै फिल्ममा छिरेकी ऋचा भर्सन्टाइल एक्ट्रेसका रुपमा स्थापित भइसकेकी छिन्। हालै मात्र उनले फिल्म ‘टलकजंग भर्सेज टुल्के’बाट राम्रो प्रतिक्रिया बटुलेकी छिन्। उता, भिजेसमेत रहेकी अकेशाले छोटै समयमा म्युजिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। अहिलेको व्यस्त मोडलको सुचीमा उनको नाम अग्रपङ्तीमा आउँछ। त्यसैले फिल्ममा ऋचा र म्युजिक भिडियोमा अकेशा ‘हटकेक’ मानिन्छन्। अब यी दुवै सुन्दरीलाई एउटै फिल्ममा देख्न पाइने भएको छ। फिल्म हो, ‘जीन्दगी रक्स’।
Akesha-Bista-Richa-sharma-zindagi-rocks
लोकप्रियता आँकलन गरेरै हुनुपर्छ, निर्माण युनिटले ऋचा र अकेशालाई प्रमोशनको प्रमुख अस्त्र बनाएको छ। डेब्यु फिल्म भएकाले अकेशा र निर्देशकदेखी को–स्टारसम्म नयाँ भएकाले ‘जीन्दगी रक्स’सँग ऋचा पनि निकै उत्साही देखिन्छिन्। यही प्रशंसा फिल्म रिलिजपश्चात हुन्छ कि हुन्न, हेर्न बाँकी छ। निकेश खड्का निर्देशित फिल्मको रिलिज मिति १८ पौष तोकिएको छ। जसले म्युजिक भिडियो निर्देशकका रुपमा पहिचान बनाइसकेका छन्।

SUBSCRIBE 👉