श्यामको संघर्ष अब ठुलो पर्दामा (भिडियो सहित)


shyam-and-swetaग्ल्यामर नेपाल, काठमाडौं । जुंगाको रेखी नबस्दै श्याम अर्यालले सिनेमाको हिरो बन्ने सपना पालेका थिए। तर १५ वर्षपछि बल्ल उनको सपना पुरा भएको छ। उनको लिड रोल रहेको पहिलो फिल्म ‘प्रोड्युसर’ प्रदर्शन भएको छ। संयोग पनि कस्तो भने यति लामो समय जुन उद्येश्य लिएर संघर्ष गरे, आफ्नो पहिलो फिल्ममा पनि उनले त्यस्तै भूमिका निर्वाह गर्ने मौका पाएका छन्। अर्थात पर्दामा पनि उनलाई हिरोकै भूमिकामा देख्न पाइने भएको छ।

निर्देशक जनकदीप पराजुलीले ‘प्रोड्युसर’मा श्यामलाई मौका दिएका हुन्। आफूले गरेको संघर्ष पर्दामा देखिएको श्यामको भनाई छ। ‘मैले निकै इमानदारसँग मेहनत गरेकोले दर्शकले मन पराइदिनुहुनेछ भन्नेमा ढुक्क छु,’ उनी भन्छन्। यसबीचमा उनी सञ्चार क्षेत्रमा भने चर्चित भइसकेका छन्। रंग पत्रकार तथा भिजेका रुपमा उनले आफूलाई स्थापित गराएका छन्। यो अनुभवले पनि आफूलाई अभिनय गर्न सहज भएको उनको भनाई छ। उनले फिल्ममा सक्रिय भएपनि सञ्चार क्षेत्रबाट टाढा नहुने योजना सुनाए।

सुरु–सुरुमा श्यामले फिल्म खेल्नको लागि निकै पापड पेल्नु परेको थियो। कति फिल्ममा लगानी गरेर हिरो बने तर खासै उपलब्धि नभएपछि उनी सञ्चार क्षेत्रमा बढि सक्रिय भए र, प्रतिक्षा र संघर्षको फल मिठो हुन्छ भने झैं एउटा दमदार फिल्ममा उनको डेब्यु भएको छ। च्यारिटी शो हेरेका दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट पनि उनी हौसिएका छन्।

SUBSCRIBE 👉