पोखरामा पहिलो पटक फेशन डिजाइनर कन्टेस्ट


Designer Contest in Pokhara

designer-contest-in-pokhara-1ग्ल्यामर नेपाल ।
पोखरा उधोग बाणिज्य संघ को आयोजना र इभेन्ट फोर् यू प्रालिको व्यवस्थापनमा पोखरामा पहिलोपटक “फेशंन डिजाईनर कन्टेस्ट २०७१”सम्पन्न भएको छ। कन्टेस्टमा डिजाईनर जुनु पुन बिजेता घोषित भएकी थिइन् भने क्रमश दोस्रो र तेस्रो रजनी मालीर र नितु पुन भएकी थिइन्।

बिजेताहरुले प्रमाण पत्र सहित नगद पुरस्कार पाए। कार्यकममा मिसेस पोखरा २०७१ विजेता सरिता गुरुङ, मिसेस पोखरा २०७० विजेता सबिता पाण्डे, मिसेस पोखरा २०७१ फर्स्ट रनर अप रोमा पुन, मिसेस पोखरा २०७१ सेकेन्ड रनर अप पुनम गुरुङ, हेलेन कार्की, सिमा पाण्डे, दोनी गुरुङ, रोशनी, मन्जु गुरुङ लगायतका पोखरेली सुन्दरीहरु बिरालो चालमा र्याम्पमा हिंड्दा कर्यक्रममा रौनकता थपिएको थियो।

designer-contest-in-pokharaकार्यक्रममा स्थानीय कलाकारहरुको नृत्यहरुले कार्यकर्ममा थप आकर्षण बन्यो। फेशन कोरियोग्राफर एव पत्रकार जयन सुब्बा मानन्धर,फेशन डिजाइनर सन्तोषी श्रेष्ठ एव पोखरा उधोग बाणिज्य पूर्व अध्यक्ष निर्णायकमण्डलमा रहेका थिए। पूर्व मास्टर टिन बिशाल गुरुङको कोरियोग्राफि रहेको कार्यक्रममा सुशील नेपालीले उद्घोषणगरेका थिय।

SUBSCRIBE 👉