म्युजिक भिडियोमा छाउँदै राजेश करिश्मा जोडी


Rajesh-Hamal-and-Karishma-Manandharग्ल्यामर नेपाल ।
नेपाली चलचित्र क्षेत्रमा धेरै रुचाईएको जोडि हो नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर। चलचित्रमा मात्र नभई यो जोडि आजभोलि म्युजिक भिडियोहरुमा समेत देखिन थालेका छन। यसै क्रममा हालसालै रिलिज भएको एक म्युजिक भिडियोमा राजेश र करिश्मालाई हेर्न सकिन्छ। केहि समय अघि रिलिज भएको राजेश करिश्मा जोडी अभिनित गायिका माण्डवी त्रिपाठीको म्युजिक भिडियोले पनि निकै चर्चा बटुलेको थियो।

राजेश करिश्मा जोडी गायक शुबास पराजुलीको शुबास एल्वममा समाबेश ‘उजाड मेरो जिवनमा…’ मा बोलको गीतको भिडियोमा देखिएका हुन्। भिडियोलाई गायक तथा म्युजिक भिडियो निर्देशक शसान कडेलले निर्देशन गरेका हुन। भिडियोलाई चर्चित सिनेम्याटोग्राफर बिदुर पाण्डेले खिचेका हुन। भिडियोमा राजेश हमाल , करिश्मा मानन्धर संगै मोडल सनम कठायत र मोनालिसा पराजुलीले पनि अभिनय गरेका छन्।

Watch Latest Nepali Music Video | Featured Actor Rajesh Hamal and Actress Karishma Manandhar | Directed by Sashan Kandel

SUBSCRIBE 👉