फिल्ममा डेब्यु गर्दै फेशन डिजाइनर तथा मोडल नम्रता योगी


Namrata Yogi Modelग्ल्यामर नेपाल ।
भारतको बैंगलोरबाट फेसन डिजाइनिङमा स्नातक गरेपनि दाङकी नम्रता योगी काठमाडौंमा मोडलको रुपमा चिनिन्छिन्। उनी विगत चार वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय छिन्। मोडलिङमा व्यस्त भैरहेकी बेला आफ्नो रुचीको विषय अध्ययन गर्न दुई वर्षअघि बैंगलोर पुगेकी थिइन्। ‘फेसन डिजाइनिङमा रुची भए पनि मोडलिङमा करियर बन्दै गैरहेको छ, एक भेटमा नम्रता भन्दैथिइन् – ‘उमेर साथ दिउञ्जेल मोडलिङ गर्छु, त्यसपछि मात्र फेसन डिजाइनिङलाई भविष्यको पेशा बनाउने छु।’

पाँच फिट चार ईन्च अग्ली नम्रताले दर्जनौ र्‍याम्प फेसन शोमा क्याटवाक, म्युजिक भिडियो र विज्ञापनमा मोडलिङ गरिसकेकी छिन्। गायक प्रमोद खरेल, गायिमा मेनुका राईसहितका गीतमार्फत उनले दर्शकमाझ आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन्। ‘मलाई विज्ञापनबाट बढि प्रस्ताव आइरहेको छ, नम्रताको अनुसार टिभिसी र पेपर एडका कारण उनले थुप्रै दर्शक फ्यान समेत कमाएकी छिन्। नम्रताले हालसम्म बैंक, सिमेन्ट, तेल, क्लोदिङ सेन्टर आदि उत्पादनको विज्ञापनमा काम गरेकी छिन्।

सुन्दर अनुहारकी धनी नम्रतालाई विगत केही वर्ष यता नेपाली चलचित्रबाट डेब्यू गर्ने प्रस्ताव समेत आइरहेका छन् तर आफ्नो व्यक्तित्व अनुसारको चलचित्र नपाएकाले उनले अभिनय गरेकी छैनन्। यसैबीच नम्रताले चलचित्रमा अभिनय गर्ने पक्का भएको छ। चाँडै छायांकन हुने आर्ट मुभी ‘सुनकोशी’ मार्फत उनले चलचित्रमा डेब्यू गर्ने चाहना समेत पुरा गर्दैछिन्।
– कृष्ण भट्टराई

Watch! Fashion Designer and Model Namrata Yogi’s Photo Gallery – Click Here

SUBSCRIBE 👉