‘रंग वैजनी’मा दीकपालको आशा


Dikpal Karki and Sumina Ghimireग्ल्यामर नेपाल ।
कुनै जमानाका हिट निर्देशक हुन्, शम्भु प्रधान। सामाजिक तथा पारिवारिक कथामाथि फिल्म बनाउन निकै माहिर मानिन्छन् उनी। ‘सम्झना’, ‘सपना’, ‘स्वर्ग’, ‘सरस्वती’ जस्ता सफल फिल्म दिएका शम्भु एक दशक पछि निर्देशनमा उत्रिएका छन्, ‘रंग वैजनी’मार्फत। जुन फिल्म आउँदो शुक्रबारबाट देशभर रिलिज हुँदैछ।

शम्भुजस्ता अनुभवी निर्देशकको फिल्मबाट डेब्यु हुन पाउन चानचुने उपलब्धी होइन्। जुन मौका दीकपाल कार्कीले पाएका छन्। सायद यही कारण हुनुपर्छ, दीकपालले आफुलाई ‘भाग्यमानी’ ठानेको। उसो त अनुभवी निर्देशकका कारणले मात्र होइन्, गरिमा पन्त र सुमिना घिमिरेजस्ता पछिल्लो समयका दुई चर्चित हिरोइनसँग स्क्रिन शेयर गर्न पाएकाले पनि उनी दंग देखिन्छन्। दुई हिरोइनसँगको एकल रोमान्सका कारण पनि उनी चर्चामा छन्। सबै सिनियर भएकाले पहिलो फिल्मबाटै धेरै सिक्ने मौका पाएको उनको भनाई छ। “सबै सिनियर भएकाले मेरो लागि ‘रंग वैजनी’ सिकाईको भण्डार जस्तो भयो,” उनी भन्छन्, “यसरी सिकेर गरेको काम दर्शकले रुचाउनु हुनेछ भन्नेमा ढुक्क छु।” दीकपालको यो विश्वास कतिको पुरा हुने हो ? फिल्म रिलिजपश्चात थाहा हुनेछ। नेपाली मोडलिङ संसारमा भने उनले फरक पहिचान बनाइसकेका छन्।

Watch! Dikpal Karki, Sumina Ghimire and Garima Panta’s More Images From the Movie Rang Baijani

SUBSCRIBE 👉