आर्यन र हसनको अगाडि बदनाम पल्लवी (भिडियो)


Albida-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
मुस्लिम र हिन्दू समुदायको कथा समेटिएको फिल्म ‘अलबिदा’को आइटम गीत सार्वजनिक भएको छ । ‘हुन्छु कि म बदनाम’ बोलको आइटम गीतमा पल्लवी भट्टसँग अभिनेता आर्यन सिग्देल र हसनराज खानले रोमान्स गरेका छन् । फिल्म आगामी पौष २५ गते रिलिज हुँदैछ ।

ताराप्रकाश लिम्बु र रजिना रिमालको स्वर रहेको गीतमा संगीत लिम्बुकै छ भने शब्द सुक गुरुङको छ । लक्ष्मण रिजालको निर्देशन तथा हसन खानको निर्माणमा बनेको फिल्मको व्यानर एआरके प्रोडक्सन हो । फिल्ममा नागेन्द्र रिजाल, मोहन निरौला, पंकजराज जोशी, सुरेश न्यौपाने र शर्मिला खड्काको पनि अभिनय रहेको छ ।

केशव घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा हसनको कथा, लक्ष्मण र विशाल सापकोटाको पटकथा, विपिन मल्लको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉