साझा बसलाई सम्झिएर रोए संयम(भिडियो)


Sampyam-Puriग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म सम्पादक सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘आभाष’को ट्रेलर सार्वजनिक भएको छ । पुष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा अभिनेता संयम पुरी, सलोन बस्नेत र अभिनेत्री निशा अधिकारी, आस्मा डिसी तथा प्रकृति श्रेष्ठले फिचरिङ गरेका छन् ।

ट्रेलरमा संयमले प्रेम सम्बन्धलाई साझा यातायातसँग दाँजेका छन् । ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त व्यानरमा निर्मित फिल्ममा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ । फिल्ममा रविन्द्र खड्का र सुनिल रावललगायतको अभिनय हेर्न पाईन्छ ।

फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा फिल्मको कथा लेखेका हुन् ।

SUBSCRIBE 👉