यस्तो छ चकलेट फष्टलुक


ग्ल्यामर नेपाल, काठमाडौं ।
कलाकार तथा निर्माता निर्मल शर्माको डेब्यु निर्देशन रहेको फिल्म ‘चकलेट’को फष्टलुक सार्वजनिक भएको छ । निर्देशक शर्माले आफ्नो फेसबुकमार्फत फष्टलुक सार्वजनिक गरेका हुन् ।

पुजना फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्मको फष्टलुकमा अभिनेत्री नम्रता झा, अभिनेता डा. आयुष्मान घिमिरे र निर्मात्री तथा अभिनेत्री पुजना स्त्रीसँगै उनको काखमा एक बालिका देख्न सकिन्छ ।

CHOCOLATE - Nepali Movie first Poster

CHOCOLATE – Nepali Movie Poster | First Look

राजधानीमा रहेका सडक बालबालिकाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङ निर्माता रहेको फिल्ममा अनुज शाक्य, सुनिता ठाकुर, कमल मैनाली, केशव भट्टराई र सुमन गैरेलगायतको अभिनय रहेको छ । फिल्ममा सात जना बालबालिकाले समेत अभिनय गरेका छन् ।

फिल्ममा शिखर सन्तोष, अर्जुन पोखरेल, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ ।

SUBSCRIBE 👉